2025-07-29 06:04:41
भक्तपुरको पारागन एकेडेमीका ५५ विद्यार्थीलाई एकदिने आत्मरक्षा तालिम सम्पन्न ।
भक्तपुर श्रावण १३ गते २०८२
भक्तपुरको पारागन ऐकेडेमीको आयोजनामा तथा भक्तपुर हाप्किडो संघको सहकार्यमा सोमबार एकदिने चेतनामुलक आत्मरक्षा तालिम विद्यालयको प्राङ्गन कमलविनायकमा सम्पन्न भएको छ । पारागन ऐकेडेमीका प्रधानअध्यापक पुण्यराम कवांले आत्मरक्षा तालिमले अप्रत्यासित रुपमा हुन सक्ने घटनाबारे समयमै सचेत रहन तथा निडर रहि विद्यार्थीहरुमा आत्मविश्वास बढ्ने विश्वास लिंदै आफ्नो लक्ष्यप्रति अग्रसर हुनेछ भने बिश्वास व्यक्त गर्नुभयो । नेपाल हाप्किडो संघका प्रशिक्षक पद्मा खयरगोलीले शैक्षिक ज्ञानको साथसाथै समाजमा भइरहेका तितो यर्थाथबारे पनि किशोरीहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । प्रशिक्षक खयरगोलीले कुनै पनि नागरिकले सामाजिक हिंसा भोग्न नपरुन, यस तालिमले रोग लाग्नुपुर्वको ओषतीमूलो तथा विशेष जनचेतना गराउँदै आएको १० वर्षका केही अनुभव सुनाउँनु भयो ।
कार्यक्रममा पारागन ऐकेडेमीका कक्षा ९ र १० का ५५ विद्यार्थी तथा शिक्षिकाहरुको सहभागीतामा चेतनामूलक आत्मरक्षासँग सम्वन्धित सैद्धान्तिक ज्ञान तथा विभिन्न आकस्मिक विधिहरुको प्रशिक्षण नेपाल हाप्किडो संघका सहसचिव तथा प्रमुख प्रशिक्षक पद्मा खयरगोली लगायत भक्तपुर हाप्किडो संघका उपाध्यक्ष तथा प्रशिक्षक रविन श्रेष्ठले दिइएको थियो ।












0 Comments