हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र ७ गते २०८२

नेसनल प्याव्सन भक्तपुरले सामुहिक लोकनृत्य र एकल नृत्य प्रतियोगिता-२०८२ नगरकोट फेदि चाँगुनारायणमा रहेको क्यालिटी स्कुलमा सम्पन्न भएको छ 

प्रतियोगितामा एकल नृत्य तर्फ सुर्यविनायक नगरपालिका वडा ५ मा अवस्थित सेन्ट जोन स्कुलकी छात्रा बिबिसा तामाङले प्रथम स्थान प्राप्त गरेकी थिइन भने सामुहिक लोकनृत्य तर्फ सुर्यविनायक नगरपालिका वडा ८ मा रहेको प्रसादी पाठशालाले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । 

नेपालको विभिन्न जातजातिको भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको एकल नृत्यतर्फ भक्तपुर नपा ३ गपलीमा रहेको सेकरिड् हार्ट एकेडेमी स्कुलकी छात्रा म्हारमेन तामाङले द्धितीय, सुर्यावनियाक नपा ५ को यूनिटी स्कुलकी छात्रा दीपशिखा खड्काले तृतीय र सुर्यविनायक नपा ३ मा रहेको ईडेन गार्डेन स्कुलकी छात्रा सरिना भुषालले सान्त्वना पुरस्कार  प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी सामूहिक लोकनृत्यतर्फ सुर्यविनायक नपा ५ को यूनिटी स्कुलले द्धितीय स्थान, चाँगुनारायण नपा २ को ऋतम्भराले तृतीय स्थान र सुर्यविनायक नपा ३ को ईडेन गार्डेनले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । 

आयोजक स्कुलका प्रिन्सिपल एवं नेसनल प्याव्सन भक्तपुरका सल्लाहकार जीबी खड्काको सभापतित्वमा सम्पन्न नृत्य प्रतियोगितामा प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण-पत्रद्वारा पुरस्कृत गरेका थिए । अध्यक्ष खड्काले आयोजक स्कुलले भव्यरुपमा नृत्य प्रतियोगिता सम्पन्न गरेकोमा हार्दिक आभार प्रकट गर्नु भएको थियो । साथै नेसनल प्याव्सन भक्तपुरले विविध कार्यक्रम आफ्ना सदस्य विद्यालयलाई आयोजना गर्ने जिम्मा दिइएको बताउनु भयो । 

आयोजक क्वालिटी स्कुलका प्रिन्सिपल जीबी खड्काले नेसनल प्याव्सनले कार्यक्रम गर्ने अवसर दिएकोमा खुशि व्यक्त गर्दै प्रतियोगिताको एकल तर्फ १३ वटा स्कुल र सामूहिक तर्फ १८ वटा स्कुलले सहभागिता जनाएको जानकारी दिनु भएको थियो । कार्यक्रममा निर्णायक एवं उपस्थित नेसनल प्याव्सनका पदाधिकारी र सदस्यहरुलाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).