हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

शुक्रबार कैलालीको धनगढीमा आफु पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अँध्यारोमा हिंड्ने बानी लागेकाहरु घाम लागेपछि टिक्न नसक्ने बताउनु भएको छ । त्यस्तै उहाँले सँगै रहेका नेताहरुलाई पार्टीमा मिल्नै नसक्ने के त्यस्तो अवस्था आयो अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।

म राजनीतिमा २०२२ सालदेखि लागेको हुँ, माधवकुमार नेपाल २०३२ सालमा लाग्नुभयो अनि को सिनियर हो मूल्याङ्कन गर्नुस् उहाँले भन्नुभयो ।पार्टी महाधिवेशनमा आफूसँग अध्यक्ष पदमा पराजित भएका नेता नेपाललाई अध्यक्षको मोह पलाएकाले पार्टी फुटमा गएको उहाँले टिप्पणी गर्नुभयो ।

“चोइटिएर जानेहरुलाई म भन्न चाहन्छु दुई अङ्कमा सिट ल्याएर देखाउनुस्, देशभरीमा दश सिट ल्याएर देखाउनुस्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो पार्टी सम्धी, छोरीबुहारीवाला पार्टी होइन, देश बनाउने र जनताको पार्टी हो ।” आफन्त नभएका कोही पनि हुँदैनन्, तर टपक्क टिप्दै राख्नु ठीक होइन, मैले त्यसो गरेको छैन उहाँले भन्नुभयो । कसकसका आफन्त कहाँ कहाँ छन, सबै थाहा छ भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “पचास वर्षअघि नयाँ एकताको अभियान थालनी गरेर आएको व्यक्ति हुँ, काम लाग्छ कि भनेर पार्टीमा प्रचण्डलाई पनि ल्याएर आएको थिएँ ।”

“यस क्षेत्रमा लाटाकोसेराहरु टिक्न सक्दैनन् ।” भ्रमको खेती गरेर अब कोही अघि बढ्न नसक्ने भन्नुहुँदै उहाँले जनता सचेत भइसकेको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).