हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर पुस ४ गते २०८२

भक्तपुरको न:पुखु परिसरमा बिहिवारबाट घरेलु उत्पादन मेला सुरु भएको छ। भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा "भक्तपुरको संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्वनका लागि" ३ दिने मेला संचाल गर्दै आएको हो । नःपुखु परिसरमा सञ्चालित तीन दिने घरेलु उत्पादन मेलाको उद्घटन भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो हो । कार्यक्रममा बोल्दै उहाँले घरेलु उद्योगहरुले देशका धेरै युवाहरुलाई रोजगारी प्रदान गरिरहेको बताउँदै हाम्रा स्थानीय उत्पादनहरु विश्व बजारमा पुर्याउन संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । भक्तपुर धेरै घरेलु उत्पादन हुने ठाउँ हो भन्दै उहाँले भक्तपुरमा स-साना मेला तथा उत्सवहरु समय समयमा भइरहको बताउनुभयो । घरेलु उत्पादनको प्रयोग र खरिदमा जनतालाई उत्साहित गर्दै आएको बताउँदै उहाँले नगरपालिकाले युवा लक्षित सीपमूलक तालिम सञ्चालन र युवा उद्यमशील ऋणको व्यवस्था गर्दै आएको पनि बताउनुभयो । उहाँले घरेलु उद्योगहरुलाई सक्दो सहज ऋणको व्यवस्था गर्नु उपयुक्त हुने बताउनुभयो ।
 त्यस्तै जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तीन दिने घरेलु मेला सफलताको शुभकामना दिँदै घरेलु उद्योगले स्थानीय उत्पादन प्रवर्द्वन गर्नुका साथै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले उद्यमीहरुको उद्यम प्रवद्र्धनमा उद्यमीहरु नै संगठित हुनुपर्ने बताउँदै स्थानीय सरकारको साथ र सहयोगले मात्र भक्तपुर घरेलु उद्योगहरु सञ्चालनमा सहजता मिल्ने बताउनुभयो ।
उक्त कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुखु रामप्रसाद कुस्मा, गो लोकका संयोजक विरेन्द्र जति, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले पनि बोल्नुभएको थियो । उक्त मेलामा जुजु धौ, भादगाउँले टोपी, ख्वप बजी, घरबुना कपडा, काष्ठकला, हस्तकला, धातुकला, प्रस्तर कला, प्रस्तर कला, माटाका भाडाहरु, कृषि उत्पादनहरु, तोरीको तेल, नेपाली अचार, पाउँका प्रकारहरु, नर्सरी तथा अन्य घरेलु उत्पादनहरुका साथै नेवारी खाजाका परिवार र च्याउका परिकारहरु राखिएका छन् ।
मेला पुस ३, ४ र ५ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म गरिने छ भने प्रवेश निशुल्क गरिएको आयोजकले जनाएको छ ।

 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).