2026-04-17 07:26:33
भोलि बैशाख ५ गते सल्लाघारी चौरमा दुर्गेस थापा र प्रमोद खरेलको सांगीतिक तहल्का मच्चाउने
बैशाख ५ गते 2083
भोली २०८३ वैशाख ५ गते शनिवार भक्तपुरको सल्लाघारी चौरमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाले सांगीतिक तहल्का मच्चाउने भएका छन् ।
२०८२/०८३ सालको भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा शनिवार साँझ भक्तपुर वाइल्ड फायर नाइट हुन लागेको हो । महोत्सव आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार, कन्सर्टमा दुश्मन हेरेको हेरैलगायतका दर्जनौ चर्चित गीत गाएका थापाको प्रस्तुति रहने भएको छ । त्यसैगरी कन्सर्टमा खरेल एण्ड परम्परा ब्याण्डको विशेष प्रस्तुति रहने पन जानकारी दिनुभयो ।
अध्यक्ष महतका अनुसार, दुर्गेश र प्रमोद खरेलले पहिलो पटक एउटै कन्सर्टमा देखिने छन् । चर्चित जोडि एकै स्थानमा हेर्ने मौका भक्तपुर लगायतका स्थानीयवासीलाई उपलव्ध हुन लागेको अध्यक्ष महतले बताउनुभयो । कन्सर्टमा खरेलको झ्यालबाट हेरलगायतका चर्चित गीत सुन्न सकिने छ ।
कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी दुई सय ५० र पाँच सय रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको भनाई छ । दशौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव करिव एक लाख दर्शकले अवलोकन गरिसकेका छन् ।











0 Comments