2026-04-29 12:33:43
नेपाल कोरिया मैत्री नगर अस्पतालले बिमावापत २९ करोड भुक्तानी लिन बाकी
बैशाख १६ गते २०८३
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १८ औ स्थापन दिवस मंगलवार मनाएको छ । अस्पतालको १८ ओैं बार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यवाहक मेयर बिजयकृष्ण श्रेष्ठले अस्पतालले स्वा स्वास्थ्यबिमा बापत सरकारसँग २९ करोड रकम भुक्तानी लिन बाकी रहेको जानकारी दिनुभयो । अस्पतालले न्युरो सर्जरी सेवालाइ पुर्णरुपमा संचालन गर्ने तयारी गरेको पनि जनाएको छ । बढ्दो सवारी दुर्घट्ना र त्यसबाट हुने क्षति न्युनिकरण गर्न अस्पतालले न्युरो सर्जरी सेवा पुर्णरुपमा संचालन गर्ने कार्यवाहक नगरप्रमुख श्रेष्ठले बताउनु भयो । 
स्थापना दिवसका अवसरमा आयोजित कार्यबहाक नगरप्रमुख श्रेष्ठले अस्पतालको सेवा बिस्तार गर्नकै लागि कोरियाको सहयोगमा करिव एक अर्व २६ करोड रुपैंयाको लागतमा भवन निर्माण भइरहेको छ । मध्यपुर थिमी नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले १० वेड सहितको हेमोडाइलाइसिस सेवासमेत निशूल्क सेवा बिस्तार गर्न लागेको नगरपालिकाका कार्यबाहक नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।











0 Comments