हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असोज २४ गते २०८३

क्रियासिल पत्रकार मञ्च भक्तपुरले भक्तपुरका बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ ।्

मञ्चले शनिवार भक्तपुरमा आयोजना गरेको १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा अध्यक्ष रमेश गिरीले वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सम्मान गर्नु भएको हो । कार्यक्रममा स्थानीय तहको विकासमा उल्लेख्य योगदान पुर्याए वापत सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई र भक्तपर अस्पतालको विकास र समग्र वागती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सफल वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई पनि सम्मान गरिएको छ ।

त्यसैगरि भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा परेर बेपत्ता भएका अग्रज पत्रकार एवं नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार टेकराज थामीलाई नगद रु. पाँच हजार सहित मरणोपरान्त क्रियासिल पत्रकारिता पुरस्कार उहाँकी पत्नी एवं पत्रकार कालिका खड्कालाई प्रदान गरएको छ ।

त्यस्तै भक्तपुरका कान्तिपुर टेलिभिजनमा कार्यरत एवं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई नगद रु. पाँच हजारसहित स्व.लक्ष्मीमाया कासिछ्वा क्रियासिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री थापाले पत्रकारहरूले गुगलमा उपलब्ध सूचनामा मात्र सीमित नभई भूगोलमै पुगेर वास्तविकता बुझेर मात्रै समाचार लेख्नु पर्ने बताउनुभयो । देशको विकास र समृद्धिमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति उजागर गर्ने र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । वागमती प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको पनि उहाँले बताउनुभयो । उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाईसकेको बताउनुभयो । प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको चर्चा गर्दै उहाँले संघीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणमा जुट्नु पर्नेमा जोड दिनुभयो । भक्तपुर जिल्लालाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेको भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै वागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले वागमती प्रदेशले पत्रकारहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यबस्था गरेको बताउँदै त्यसका लागि पत्रकार महासंघको सिफारसि भए पुग्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित सुर्यविनायक नपाका नगर प्रमुख वासुदेव थापाले समाचार संकलन गर्दा र लेख्दा पत्रकारले दलगत स्वार्थमा नभई निष्पक्ष रुपमा समाचार सम्प्रेषढा गर्नु पर्ने औल्याउनुभो ।

कार्यक्रममा क्रियासिल पत्रकार मञ्चको अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषायध्यक्ष एवं कार्यक्रम संयोजक पुष्कर राज बुढाथोकी, सचिव अञ्जना शिल्पकारले पत्रकारको समग्र विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहदै आएको जानकारी दिनुभयो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).