2021-04-19 21:56:38
मेडिकल मास्क वा कपडाको मास्क: कसले कुन लगाउने भन्ने बारे डब्ल्यूएचओको सुझाव
कोभिड-१९ संक्रमण दैनिक रूपमा द्रुत वृद्धि भइरहँदा स्वास्थ्य पोर्टल र विज्ञहरूले मानिसहरूलाई मास्क नछोड्नुका साथै अन्य सावधानीहरूअपनाउन आग्रह गरिरहेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मेडिकल र फेब्रिक मास्क लगाउने बारे केही दिशानिर्देशहरू साझा गरेको छ जसमा कसले, कहिले र कसरी मास्क लगाउनु पर्छ भनेर।
मेडिकल वा सर्जिकल मास्क
ट्विटरमा साझा गरिएको भिडियोमा डब्ल्यूएचओले सल्लाह दिए अनुसार यी प्रकारका मास्कहरू लगाउनुपर्दछ:
-
स्वास्थ्यकर्मीहरू
-
कोभिड-१९ को लक्षण देखिएको मानिसहरु
-
कोभिड-१९ संक्रमित पुष्टि भएको मानिसको ख्याल राखने अथवा हेरचाह गर्नेहरू
-
६० बर्ष वा सो भन्दा माथि उमेरका मानिसहरु
-
कम्जोर स्वास्थ्य अवस्था भएका व्यक्तिहरु
भाइरस व्यापक भएको क्षेत्रहरुमा जँहा सामाजिक दूरी वा कमसेकम एक मिटर को दूरी कायम गर्न सकिन्दैन त्यँहा मेडिकल मास्क लगाउनु पर्दछ ।
कपडाको मास्क
यी मास्कहरू पूरकको रूपमा देखा परेका थिए जब विश्वले मेडिकल मास्कको अभाव महसुस गर्यो र धेरैले घरमै कपडाबाट यस सुरक्षात्मक उपकरणहरू बनाउने काम लिइरहेका थिए।
डब्ल्यूएचओको सुझाव अनुसार कपडाको मास्क ती व्यक्तिहरुले सजिलैसँग प्रयोग गर्न सक्छन जसलाई कोभिड-१९ को लक्षण देखिएको छैन।यसमा सामाजिक कार्यकर्ताहरू, क्यासियर्स र सर्भरहरूसँग घनिष्ठ सम्पर्कमा रहेका मानिसहरू पर्दछन्।
कपडाको मास्क व्यस्त सार्वजनिक ठाउँ जस्तै सार्वजनिक यातायात, कार्यस्थल, किराना स्टोर र अन्य भीड वातावरणमा लगाउनु पर्छ।











0 Comments