हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

नेकपा (एमाले) अध्यक्ष्य आज नारायणमान बिजुक्छें निवासमा बिजुक्छें पत्नी शोभा प्रधानप्रति श्रदाञ्जली दिन बिजुक्छें निवास पुगे 

२०७९ असार १६ गते

नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओली आज बिहिवार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको भक्तपुर कमलबिनाय स्थित निवासमा बिजुक्छेँ पत्नी शोभा प्रधानप्रति श्रदाञ्जली दिन ओली पत्नी राधिका शाक्य सहित टोली पुगेको छ । सोही क्रममा ओलीले नेपालमा जटिल रोगका औषधिको सहज उपलब्धता हुन नसक्नु दुःखद अवस्था रहेको बताउनु भयो । अध्यक्ष्य बिजुक्छेंको कुरा सुनेपछि अध्यक्ष्य ओलीले भनुभयो नेपालमा औषधिमा हुने कालो बजारी र नीतिको जानकारी प्रधानमन्त्रीलाई समेत नहुने भएका कारणले जटिल प्ररकारका रोगका औषधि नेपालमा उपल्बध हुन नसकेको हो । त्यसैले महँगो र जटिल प्रकारका रोगको औषधीमा आर्थिक चलखेल हुने गरेको बताउनु भयो ।

अध्यक्ष्य बिजुक्छेंले क्यान्सर रोगको औषधि नेपालमा उपलब्धता जटिल रहेको र सरकाले समेत कुनै पहल नगर्दा निशुल्क पाउन सकिने औषधिबाट समेत नेपाली जनता बञ्चित हुनु परेको भन्दै अध्यक्ष्य ओली जानकारी गराउनु भयो ।

उहाँले महिला सम्बन्धि रोग अधिक रहेको र जबसम्म महिलाहरुको डाक्टरी पेशामा पहुँच बढ्दैन तबसम्म चाहेर पनि महिलाका धेरै खालका जटिल रोगको निदान गर्न नसकिने बताउनु भयो । आफ्नो कार्यकर्ताहरुलाई विभिन्न खालका स्वास्थ्य शिबिर सञ्चालन गरि प्रत्यक्ष रुपमा स्वास्थ्य सुविधा दिनेतर्फ ध्यान दिन समेत ओलीलाई बिजुक्छेंले आग्रह गर्नुभयो ।

त्यस्तै ओली पत्नी राधिका शाक्यले नेपालमा स्वास्थ्यको सवालमा सरकारको पहुँच कम हुँदा जटिल रोगका बिमारीले बेलैममा औषधि उपचार नपाएर मृत्यु अंगाल्नु परेको बताइन् । उहाँले भनुभयो हामिलाई त यस्तो अवस्थाको सामाना गर्नु पर्छ भने साधारण जनताले जटिल रोगको उपचार गर्दा कस्तो अवस्थाको सामाना गर्नु पर्ला भने कुरा जसले भोग्छ उसलाई मात्र थाहा हुन्छ नेपालमा जटिल रोगको उपचारमा कति सास्ती खेप्नु पर्छ भनेर ।”

बिजुक्छें पत्नी प्रधानलाई क्यान्सर लाग्दा भोग्नु परेको औषधिको समस्या, औषधि विभागले दिएको दुःख, जटिल प्ररकारका रोगको औषधि पाउन भोग्नु परेको पिडा, सितैमा पाउन सक्ने क्यान्सर रोगको औषधीमा नेपालमा उपलब्धतामा हुने गरेको कालोबजारी लगाएतका बारे बिजुक्छेँका जेठा छोरा सुबेकमान बिजुक्छेँले ओली दम्पतीलगायत टिमलाई जानकारी गराएका थिए ।

समवेदना प्रकट गर्न बिजुक्छें निवासमा ओली दम्पतीसँगै नेकपा (एमाले) नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका सचिव उवं सांसद प्रेम सुवाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).