2022-07-16 08:57:37
थिमि लायकू भैलः प्याखँ भव्य र सभ्यरुपमा सफल बनाउन आज छलफल गरियो ।
ख्वप असार ३२ गते २०७९
भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका लायकूबाट निकालिने लायकू भैलः प्याखँ व्यवस्थित संचालनको लागि आज छलफल कार्यक्रम गरिएको छ । छलफल कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, ४ नं. वडाध्यक्ष बालकृष्ण श्रेष्ठलगायत गुरूवर्ग र स्थानीय व्यक्तिहरू सहभागि रहेको थियो । उक्त कार्यक्रममा यसवर्षको भैलः नाच भव्य र सभ्य रूपमा गर्ने संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनु भयो । छलफलमा विभिन्न क्षेत्रबाट नाचलाई भव्यरुपमा सफलताका साथ सम्पन्न गर्न सुझाव र सहयोग दिएका छन्। मध्यपुर थिमिको यो लायकू भैल प्याखँ गुन्हुपून्हि(जनै पूर्णीमा) पछिको पारु तिथि अर्थात २०७९ श्रावण २८ गतेका दिन देखि ३१ गतेसम्म ४ दिन नगरको बिभिन्न टोलहरुमा नाचा देखाई परिक्रमा गरिने परम्परा छ ।











0 Comments