हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण ३ गते २०७९
बहुचर्चित नेपाली आधुनिक संगीतका गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं स्मृति दिवसको अवसरमा भक्तपुरमा ‘अरुण थापा स्मृति साँझ’ हुन लागेको छ । भक्तपुर साँगीतिक समाज (भसाँस)को आयोजनामा यही श्रापण ७ गते शनिवार भक्तपुरको सल्लाघारी स्थित अक्सफोर्ड प्राक्टिकल ईङ्गलिस स्कुलको प्राङ्गणमा हुँदैछ । भसाँसले थापाको स्मृतिमा यो लगातार पाँचौं पटक स्मृति साँझ आयोजना गर्न लागेको हो ।

उक्त साँझमा भक्तपुरका स्थानीय कलाकारहरुल गायकहरु सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोद राज ढुंगेल, अधीश्री कसपाल र नविन्द्रलाल कर्माचार्यले स्व.थापाका गितहरु गाउने आयोजक समाजका भसाँसले जनाएको छ । त्यसैगरी वाद्यवादनमा कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आचार्यले वाद्यवादनमा साथ दिने भसाँसले जानकारी गराएको छ ।

त्यस्तै कार्यक्रमलाई सहयोग गर्ने सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल ईङ्गलिस स्कुल, गुडविल कन्सल्टको सहयोग रहेको छ भने कार्यक्रमको रेडियो पार्टनर भक्तपुर एफ एम १०५ दशमलव ४ मेघाहर्ज, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, मिडिया पार्टनर न्यूज अफ साप्ताहिक, फोटोग्राफी पार्टनर पिक्सेल्स इन्ग्राभर्स र साउण्ड पार्टनर आराधना संगीत समूह रहेका बताइएको छ ।

वरिष्ठ संगीतकार दिपक जंगमको प्रमुख आतिथ्यतामा आयोजना हुने उक्त कार्यक्रममा वरिष्ठ गितकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ले सम्मान गरिने समाजले जानकारी दिएका छन् ।

कार्यक्रम अक्सफोर्ड प्राक्टिकल ईङ्गलिस स्कुलको प्रांगण सल्लाघारीमा हुने भक्तपुर साङ्गितिक समाजका सचिव अल्ब्रट बज्राचार्यले बताएका छन् ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).