2022-07-27 06:53:39
सवाःलाख चैत्य बनाउने गुँःला ङक धलं यो बर्ष भक्तपुरको साःकुला टोलमा सुरु हुने भएको छ ।
ख्वप श्रावण ११ गते २०७९
आर्थिक समस्याका कारण बिभिन्न समयमा बन्द हुदै कहिले सञ्चालन हुदै परापूर्वकाल देखि बौद्ध धर्मालम्विहरुले मनाउँदै आएको ”गुंःला ङक धलं” यो बर्ष सञ्चालन गर्ने भएको छ । आर्थिक समस्याका बावजुद पनि यसपालि भक्तपुर वडा नं. ९ साःकुलां टोलको थाथु सःमा सुरु गर्न लागेको हो । परापूर्व कालदेखि बौद्ध धर्मालम्विहरुले गुँलाथ्व पारु देखी ञलाथ्व पारु एक महिनासम्म गुँःला पर्वमा मनाउँदै आएको छ । यसै अन्तर्गत मानन्धर समूदायले साःकुलां टोलको थाथु सःमा यसपाली (ने.सं. ११४२ गुँलाथ्व पारु देखी ञलाथ्व पारु ) मिति २०७९ श्रावण १३ गतेदेखी भाद्र १२ गतेसम्म बनाईदै छ । धलं अवधिभरमा करिव २०, २२ लाख खर्च हुने अनुमान गरिएको उक्त धलं सञ्चालन गर्न स्थानीय सरकारसँग पनि आर्थिक सहयोगको लागि माग गरिएको छ भने स्थानीय संघ संस्था, गुठी, दाफा र ब्यक्तिहरुसँग पनि आर्थिक सहयोग संकलन गर्ने ब्यवस्थापन समितिका अध्यक्ष्य बिष्णु बहादुर मानन्धरले जानकारी दिनुभयो । पहिला पनि सरकारसँग आर्थिक सहयोग माग गरिएको यो बर्ष पनि सहयोग गर्ने आशा भएको बताउँदै नगरपालिकाले एैतिहासिक सँस्कृति परम्परा, जात्रा पर्वहरु जोगाउन सयोग गरिँदैआएको हुनाले यसमा पनि धेरै थोरै सहयोग गरिएला भनुभयो । कार्यक्रममा समितिका सचिव राम कृष्ण मानन्धरले प्रेस विज्ञप्ती पढेर सुनाउनु भयो ।
के हो त गुँःला धलं पर्व ? यसको ईतिहास यस्तो छ ।
प्राचिन कालदेखी बौद्ध जातक कथा अनुसार स्वर्णकेतु राजा र स्वर्णवती रानीले सुवर्णपुर महानगरमा राज गर्दथें । राजारानीका पाँच पुत्र थिए । जेठो राजकुमार पुष्पकेतु बाईसांै विपश्वी बुद्ध कहाँ गई दिनदिनै भक्तीभावले वन्दना गर्न जान्थ्ये । सोही क्रममा पुष्पकेतु राजकुमारले श्रावण महिनामा गुँला नौ बाजा बजाई संगितको माध्यमबाट चैत्यवन्दना गर्दा कुन किसिमको पुण्य बृद्धि हुन्छ भनी आग्रह गर्दा बिपश्वी बुद्ध द्धारा यदि कुनै ब्यक्तीले गुँला महिना भरी चैत्यको अगाडी धर्म देशना गरी स्वच्छ मनले पुजा गरेमा यो जिवनमा मात्र नभई पुनरजन्ममा पनि पुण्य प्राप्त हुन्छ भनी आज्ञा भएको थियो । चैत्य भक्तीबाट मुक्ती पाएको कुरा चैत्य शब्दले देवस्थल भन्ने बुझाउदछ भनी सुनाउनु भयो ।
।।१।।
शशिपतन देशमा शिहंकेतु राजा र शुद्ध आचरण कि सुलक्षण रानीले राज गर्दथें । राजा भन्ने सिकार र मांशाहारीका सौखिन थिए । उक्त शिकार गर्न रोक्न रानीले धेरै प्रयास गरिन । तर उनी सधैं असफल हुन्थिन । कालान्तरमा राजाको निधन भयो । रानी सति गईन् । रानी सुकर्मको प्रभावले सोही देशमा एक ब्राम्हणको कुलमा ब्राम्हणनी भएर पुनरजन्म भयो । उसलाई रुपमती नामाकरण गरियो । राजा कुकर्मको फल स्वरुप सोही घरमा राँगाको रुपमा जन्म लिन पुगे । एकदिन ब्राम्हणनी उक्त राँगालाई आहार दिन्दै गरेको बेला अकस्मात बोद्धिसत्वको आकाश बाणी सुनिन् । उक्त राँगा अरुकोही नभई पूर्व जन्मको आफ्नै लोग्ने कुकर्मको फलले राँगा भई जन्म लिएको ब्राम्हणनीले थाहा पाईन् । त्यसपछि राँगालाई निकै स्याहार सुसारका साथ पालिन । एकदिन जंगलको चौरमा चर्न लगेको राँगालाई हिंशक जनावरहरुले आक्रमण गरी मासुसबै खाई अवशेष मात्र बाँकी छोडे । ब्राम्हणनीले आकाश बाणीबाट प्राप्त संदेश अनुसार राँगाको अवशेषहरु सबै जमिनमा गाडी त्यसमाथी बालुवाको एक चैत्य बनाई बायाँ शिंङ्ग गजुर बनाई दायाँ शिंङ्गबाट तिर्थको पानी ल्याई अर्घ दिईन र गुँला महिना भरी त्रीरत्न नाम स्मरण गरी सोही शिंङ्ग बजाई चैत्य परिक्रमा गरिन् । उक्त पुण्यको प्रभावले चैत्यको सामुने एउटा सानो बालक देखा पर्न आयो उक्त सानो बालक चाँदैनै हुर्केर जवान भए । त्यस बालक अरुकोही नभई पुर्व जन्मको शशिपतन देशको राजा आफ्नै पति शिंहकेतु भएको स्थानिय बासिदालाई ब्राम्हणनीले सबिस्तार बताए । आफु नरक भोगबाट मुक्त भई राम्रो कुलमा पुनरजन्म हुन पाएकोले चैत्यलाई भावभक्ती गरी पुजा गर्न सबैलाई अनुरोध गरियो ।
त्यस्तै शाक्यमुणी बुद्ध स्वयमले गृधकुत पर्वतमा सारिपुत्रको अनुरोधमा चैत्यको विशेषता बारे बताउनु भयो । जसलाई ( जस्को अनुकरण स्वरुप ) चरितार्थ गर्न प्राचिन समयदेखी हालसम्म बनेपा, मध्यपुर थिमी र भक्तपुरमा गुँला ङक धलं नौ बाजा संचालन गर्दै आईरहेको छ । यसपालि आर्थिक संकटको बाबजुद पनि ने.सं.११४२, गुलाँथ्व पारुदेखी ञलाथ्व पारुसम्म ( बि.सं.२०७९ श्रावण १३ गतेदेखी भाद्र १२ गतेसम्म ) गुँला ङक धलं नौ बाजा संचालन गर्ने जमर्को गरेकाछौं । गुँला ङक धलं नौ बाजा राष्ट्रको सम्पती, पहिचान र गहना पनि हो । सभ्य समाजले आविष्कार गरेको राम्रो गुणलाई सभ्यता भनिन्छ । सभ्यता जाने बुझ्ने माध्यम ईतिहास नै हो । ईतिहासले एैतिहासिक सामाग्री देखाउछ । बुद्ध बचन अनुसार देशमा शान्ति भई रहोस्, कुनै मानवले दुःख कष्ट भोग्न नपरोस्, कुशल काममात्र गर्न सकोस्, भोकै कोही मर्न नपरोस्, सबै प्राणीहरुको कल्याण र उदार होस् भनी गुँलाथ्व पारुदेखी ञलाथ्व पारु एक महिनासम्म नौबाजा बजाई बिभिन्न देवस्थल र तिर्थ स्थलमा परिक्रमा गरिने गरिन्छ ।
गुँला ङक धलं शुरु गर्न केही दिन अगाडी देखी नै नित्यनाथलाई पुजा गरी नौबाजा रफत गरिन्छ । धलंको अधिलो दिन काग नउठेकै बेलामा द्योभारीहरुले चारवटा धार्मिक तिर्थस्थल हनुमान घाट, सिद्धपोखारी, कासान खोला र बाह्् पुखुः ( कमलपोखरी ) बाट कलसमा जलल्याई धलंछेंको न्याचिं कोठामा राखी मुकजी, द्योभारी, न्याचिंकोठामा पुजा गर्न बस्ने महिलाहरु लयायत सबै कजीहरु
।।२।।
सहभागी गराई पुरोहित गुर्जुले बिधि पूर्वक न्याचिं पुजा गरी एक अखण्ड बत्ति बालिन्छ । उक्त अखण्ड बत्ति गुँला धलंको सम्पूर्ण धार्मिक कार्यबिधि नसकुन्जेल बत्ति निभ्न नदिन दैनिक नित्यपूजा गर्न दुई जना महिना निश्यभई नुन समेत नखाई दिनको एकछाक मात्र भोजन गरी विशेष न्याचिं कोठामा बसिन्छ । सोही दिन धलंमा चैत्य बनाउन आवश्यक पर्ने कालोमाटोको लागि माटो हुने स्थान खोजी गरी पुरोहितद्धारा बौद्ध धार्मिक बिधि अपनाई माटो झिक्ने ठाउँमा पुजा गरी धागोले तारन बाँध्ने गरिन्छ । धलंको शुरुको दिन बिहान सबेरै काग नउठेकै बेलामा अघिलो दिन धागोले तारन बाँधिएको स्थलबाट बिधि पुर्वक पुजा गरी द्योभारी बस्नेहरुबाट जेठो हुनेले पहिला सुन र चाँदीको कोदालीले माटो काट्न लगाई त्यसपछि कोदालीले माटो काटी ब्रतालुहरु लगायत मूकजी , द्योभारी र अन्य श्रद्धालु भक्तजनहरु शुद्ध भई कालो माटो बोकी धलंछेको चाः कोठामा जम्मा गरिन्छ ।
त्यसपछि गुँला धलं ङक नौबाजा बिधिवत रुपमा संचालन गर्न गुरु नित्यनाथलाई विशेष पुजापाठ गरी गुँला नौं बाजा देबस्थल र तिर्थस्थल परिक्रमा गर्न जान्छ । धलंछेंमा ब्रतबसेकाहरु पुजाबिधिमा लाग्छन् र यो क्रम महिना भरि नै चालु भई रहन्छ । धलंको दोश्रो दिनदेखी दैनिक बनाएको चैत्य सवालाख संख्या पुरा नभएसम्म निश्चित ठाउँमा भण्डारण गरी सबै प्राणीहरु तेजश्वी भईरहोस् भनी थप एक अखण्ड बत्ति बालि सबै भक्तजनहरुको दर्शनको लागि खुल्ला राखिन्छ । त्यस ठाउँमा द्योभारी बस्नेहरुले विशेष ध्यान दिन्छ । गुँलाको पहिलो मंगलबार सुर्यबिनायक देवस्थलमा गुँला नौं बाजा बजाउन जाने गरिन्छ । शनिवार अष्टमात्रिका देबस्थलहरुमा बाजा जाने गरिन्छ । धलं बनाउने धलंछेमा ब्रतालुहरुले निसें ( शुद्ध ) भई धार्मिक प्रतिज्ञा जाहेर गरी कालोमाटोको सानोसानो ५ वटा चैत्य बनाई स्वयम्भु माहाचैत्य अंकित धर्मधातु मण्डल बनाई बौद्ध बिधि बिधान अनुसार पुजाबिधि गरी धर्मनिष्ठ भई चैत्य वन्दना गर्छ । चैत्यलाई वन्दना गर्ने र बुद्ध जन्मभुमि लुम्बिनी बौद्ध जनहरुको मात्र होईन । योत शान्ति चाहने शान्तिको कामना गर्नेहरु सबैको पवित्र साझा धार्मिक स्थल हो ।
सापारुको दिनमा ब्रतपुजा सकाएर ब्रतालुहरु र नौं बाजा सहित नामसंगिति स्तोत्र धर्मग्रन्थ खतमा राखी चारजनाले बोकी नौंबाजा बजाई नगरपरिक्रमा गरिन्छ । सापरुको भोलिपल्टको दिनमा तिंग बाराही बोडे, काभ्रे पलाञ्चोकको नमोबुद्ध, श्रृष्टिकान्ता लोकेश्वर नाला, हरिहरिवाहन लोकेश्वर चाँगुनारायण, साँखुको जोगेश्वर चैत्य, स्वयम्भू महाचैत्य, आदिनाथ लोकेश्वर चोभार, रातो मच्छेन्द्रनाथ बुगंमति यी आठ ठाउँमा समय अनुकुल मिलाएर ब्रतबसेकाहरु सबै र नांै बाजा पुर्ण बजाई पाँच तह भएको छत्र चढाई अर्घ दिई बिशेष पुजा गर्न जाने गरिन्छ । यो गुँला धलं नौं बाजा हामी मानन्धर समुदायले मात्र गर्नु पर्छ भन्ने होईन । अन्य समुदायले पनि चित्तलाई सधैधर्ममा अभिप्रेरित गरी सिंङ्ग बजाई बाद्यबादन बजाई आईरहेको छ ।
पाटनका लक्ष्मीनरशिंह मल्ल राजाले ने.सं. ७५४ सालमै ब्यवस्थित रुपले संचालन गर्न सकोस भनी पाटनमा पनि सिङ्ग बजाउने ब्यवस्थित गरेको ईतिहास छ । त्यस्तै यस साकोलानमा सय वर्षको
।।३।।
धलंको ईतिहास जिवित छ । धार्मिक प्रतिज्ञाको पुजा भने पहिलो श्रावण शुक्ल प्रतिपदा, प्रत्येक बुधबार, सापारु, भाद्र कृष्ण औंशी र भाद्र शुक्लप्रतिपदा धार्मिक प्रतिज्ञा पुजा हुन्छ ।
भाद्र कृष्ण औशीका दिनमा चैत्य पुजा ( चिभापुजा ) हुन्छ । चैत्य पुजा अधिक मात्रामा लिच्छबी कालिन चैत्य देखिन्छ । यो ऐतिहासिक चैत्यपुजामा नगरभरिमा करिब चारसय पच्चिस चैत्यमा छत्र चढाई अर्घ दिई सिङ्ग बजाई पुजा अर्चना गरिन्छ । महायानी बौद्धहरु चैत्यलाई सम्पूर्ण ब्रम्हाण्ड र बौद्ध दर्शन नै पूर्ण रुपमा समाहित भएको अर्थात तेतिसकोटी देवताहरुको निवास्थान चैत्यमा नै समाविष्ट रहेको बिश्वास गर्दछन् । भाद्र शुक्लप्रतिपदाको दिनमा पुजाबिधि सकाएर एकमहिना भरी स्तोत्र पाठ गरी बनाएको सवालाख चैत्य हजारौंको संख्यामा जनसहभागिता जनाई उक्त चैत्य लगेर नवनाग साधना गरी ब्रतबसेका सबैले अर्घदानदिई नौबाजा बजाई हनुमान घाटमा बिसर्जन गरी गुँला धलं समापन गरिन्छ ।











0 Comments